फाइल तस्बिर ।
सरकारले शिक्षा ऐन जारी गर्न विभिन्न विज्ञहरूसँग छलफल गरेको खबर सुन्दा खुसी लाग्यो ।शिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक प्रशासन र व्यवस्थापनमा सुधार तथा सुदृढीकरणका लागि शिक्षा ऐन जारी गर्ने कार्य मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभएछ । जतिसक्दो छिटो ऐन जारी गर्नुपर्छ ।
शिक्षा ऐनमा सबैभन्दा पहिले शिक्षाको जग बालविकास शिक्षा दह्रो बनाउने काम गर्नुपर्छ । हेलाँ गरेर बालविकास शिक्षकको मनोबल गिराउने काम भइरहेको छ । यसरी शिक्षाको जग बलियो हुँदैन ।
कम्तिमा पनि प्रा.वि शिक्षकसरहको सेवासुविधा दिएर बालविकास शिक्षकलाई प्रोत्साहित गर्नुपर्छ । शिक्षा राम्रो बनाउने हो भने जरैबाट राम्रो काम गर्नुपर्छ । शिक्षकलाई काम मात्र लगाउने होइन । कामअनुसरको अधिकार पनि दिनुपर्छ ।
अझ बालविकास शिक्षकले कति दुःख गरेका छन् । शिक्षामन्त्रीलगायत सरोकारवालाहरूले एक पटक काम गरेको ठाउँसम्म पुगेर हेर्ने कष्ट गर्नुपर्यो । त्यसपछि मात्र थाहा हुन्छ बालविकासको महत्त्व ।
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको पारिश्रमिक नदिएर दरिद्रता देखाउँदै स्थानीय तह
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology