Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बागमती प्रदेश सभापतिमा भीमसेनदासको उम्मेदवारी घोषणा

बागमती प्रदेश सभापतिमा भीमसेनदासको उम्मेदवारी घोषणा

  • मंसिर ११, २०७८ शनिवार १८:५८ बजे
  • 427
    SHARES
  • बागमती प्रदेश सभापतिमा भीमसेनदासको उम्मेदवारी घोषणा

    काठमाडौं ।  नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसले पहिलो पटक प्रदेश तहको नेतृत्व चयन गर्दैछ। उनले बागमती प्रदेशको सभापतिका लागि आफ्नो उम्मेदवारी हुने बताएका छन्। संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउन आफूले बागमती सभापतिका रूपमा भूमिका खेल्न चाहेको बताएका हुन्। 

    संघीयता कार्यान्वयन अत्यन्तै फितलो रहेको उल्लेख गर्दै उनले आफू बागमती प्रदेश सभापति भएमा संघीयताको संस्थागत विकासका लागि काम गराउन सक्ने बताएका थिए। कांग्रेसले पहिलोपटक प्रदेशिक संरचना तयार गर्दैछ। आफ्नो कार्यदक्षता, आफ्नो भिजन र भोलि आउने दोस्रो पुस्तालाई पनि संघीयताको बारेमा, संघीयताको मर्म र भावनालाई, संविधानको स्प्रिटलाई एउटा संस्थागत रुपमा लानका लागि आफूले  भूमिका खेल्ने उनको भनाइ छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij