Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

 भन्सार छलेर ल्याएको ३१ बोरा चिनी बरामद

 भन्सार छलेर ल्याएको ३१ बोरा चिनी बरामद

  • 545
    SHARES
  •  भन्सार छलेर ल्याएको ३१ बोरा चिनी बरामद

    जलेश्वर । भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी आइतबार राति महोत्तरी प्रहरीले बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको पश्चिमी दक्षिण सीमानाकामा अवस्थित सम्सी गाउँपालिका-७ बाट चिनी बरामद गरिएको हो । 

    प्रहरीले चिनीसँगै भोजपत्ता एक बोरा र मिठाईमा प्रयोग गरिने रङ एक बोरासमेत नियन्त्रणमा लिएको छ । 

    साथै ओसारपसारमा प्रयोग गरिएको बीआर ०६ एबी १७६९ र बीआर ३० यु २२४६ नम्बरको दुई मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । बरामद चिनीसहितका सबै सरसामान प्रहरीले भन्सार कार्यालयलाई बुझाउने तयारी गरिरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij