Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सर्लाहीमा फेरि गोली चल्यो

सर्लाहीमा फेरि गोली चल्यो

  • 3.5K
    SHARES
  • सर्लाहीमा फेरि गोली चल्यो

    काठमाडौं । कांग्रेसको वडा अधिवेशनका क्रममा सर्लाहीको निर्वाचन क्षेत्र ४ को बलरा नगरपालिका–८ मा सोमबार झडप भएको छ ।

    images

    झडपका क्रममा प्रहरी पनि घाइते भएका छन् । मतदान अधिकृतमाथि हातपात हुन थालेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेर भिड तितरवितर पारेको थियो ।

    सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेश सिंहका अनुसार अर्काे पक्षले वडा अधिवेशन विथोल्न गोली चलाएको आरोप लगाए । 

    सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य अमरेश सिंह र प्रदेश सांसद एवं प्रदेश २ का महिला तथा बालबालिका मन्त्री वीरेन्द्र सिंहबीच विवाद छ । विवादकै कारण आइतबार पनि मन्त्री सिंहका अंगरक्षकले हवाई फायर गरेका थिए ।

    अमरेश सिंहलाई हराउने अभियानमा लागेका मन्त्री सिंहकै पक्षले ठाउँ–ठाउँमा झडपको अवस्था सृजना गरेको अर्काे पक्षको आरोप छ । मन्त्री सिंह अहिले विमलेन्द्र निधि पक्षमा र अमरेश सिंह शेखर कोइराला पक्षमा छन् । अमरेशलाई क्षेत्रमै रोक्ने अभियानमा अर्काे पक्ष लागेको छ । 

    सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले झडप भएको पुष्टि गर्दै मतदान अधिकृतलाई सुरक्षासहित सदरमुकाम ल्याइँदै गरेको बताए ।

    कांग्रेस वडा अधिवेशनः मन्त्री विवाद गर्ने, पिएसओ गोली चलाउने ! कांग्रेस वडा अधिवेशनः मन्त्री विवाद गर्ने, पिएसओ गोली चलाउने !

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology