Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एमालेको १०औँ महाधिवेशन

दिल महाधिवेशनमा, दृष्टि ओलीमा

दिल महाधिवेशनमा, दृष्टि ओलीमा

  • 586
    SHARES
  • दिल महाधिवेशनमा, दृष्टि ओलीमा

    चितवन/सौराहा । उद्घाटनमै ठूलो सहभागिताका कारण चर्चा पाएको एमालेको १०औँ महाधिवेशनले देशभर एउटा तरंग ल्यायो । भीड कस्तो भने उद्घाटनसत्र स्थलबाट बन्दसत्र स्थल पुग्न प्रमुख अतिथि, अतिथिलाइै नै डेढ घण्टा लाग्यो । प्रतिनिधिहरू त चार घण्टामा बल्ल बन्दसत्रमा पुगेका थिए ।

    images

    भर्खरै पार्टी फुटेकाले यो अवसरलाई छोप्दै केन्द्रीय कमिटिमा पुग्ने आकांक्षा धेरैले राखेको पाइन्थ्यो । पूर्ववरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनालले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरेपछि केन्द्रीय कमिटिमा पर्नसक्ने धेरै नेताहरू बाहिरिएका थिए ।

    एमाले पार्टीमै बस्ने धेरै ठूला नेताहरू धेरैले छाडेको बेला भएकाे महाधिवेशनलाई आफ्ना लागि अवसरका रूपमा ठानेको देखिन्थ्यो । केन्द्रीय कमिटिका आकांक्षीहरू बढी थिए ।सबैकाे दिल महाधिवेशनमा भएपनि दृष्टि भने पार्टी अध्यक्ष केपी शर्मा ओलीमा नै थियाे । उनले के गर्छन्, कसो गर्छन् भन्ने चासो सर्वत्र थियो ।

    uml1.jpg

    उनलाई केन्द्रीय कमिटिको नाम प्रस्ताव गर्ने जिम्मेवारी दिए पनि माधव नेपाललाई छाडेर एमालेमै आएका डा.भीम रावललगायतका नेताहरू भने चुनाव हुनुपर्ने अडानमा थिए ।

    सोमबार बिहान तीन अध्यक्ष ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटिको प्रस्तावित नामावली सार्वजनिक गरे । ओलीले सार्वजनिक गरेको सूचीमा केन्द्रीय कमिटी र पदाधिकारीमा आकांक्षा गरेका धेरै जनाको नाम परेन ।

    नामावली सार्वजनिक भएपछि विहान ७ बज्दासम्म ३० प्रतिशत प्रतिनिधिहरू घरतिर लागिसकेका थिए । ओलीले गोजीबाट लिस्ट निकालेर नाम सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना सुरु भयो ।

    लोकतान्त्रिक विधि र पद्धति मिचेर एकलौटी गर्न खोजेको भन्दै आलोचना हुन थाल्यो । पार्टीका नेता तथा कार्यकर्तालगायत विभिन्न तर र हप्काबाट आएको दबाब थेग्न नसकेर ओली अन्ततः चुनावी प्रक्रियामा जान बाध्य भए ।

    पूर्वमाओवादी र १० भाइमा चासो

    uml2.jpg

    माधव नेपालनिकट रहे पनि उनलाई छाडेर एमालेमै बसेका १० जना (१० भाइ) र माओवादी छाडेर एमालेमा समाहित भएका पूर्वमाओवादी नेताहरूबारे सबैको चासो थियो । उनीहरूलाई ओलीले कसरी समेट्छन भन्ने धेरेको जिज्ञासा रहेको देखिन्थ्यो ।

    माओवादीबाट आएका रामबहादुर थापा ‘बादल,’ टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साहलगायत नेताहरू पदाधिकारीका आकांक्षी थिए । बादलको वरिष्ठ उपाध्यक्ष पद पाउने हल्ला निकैबेर चल्यो ।

    सो पद अन्तिममा ईश्वर पोखरेलले पाए । त्यो निर्विरोध । बादललाई उपाध्यक्षमा झारियो । त्यस्तैगरी प्रभु साह मधेस कलस्टरबाट सचिव पदमा निकै चर्चामा रहे । तर, ओलीको लिस्टमा मधेसबाट रघुवीर महासेठ परे । टोपबहादुर, लेखराज भट्ट सचिवमै सीमित भए ।

    uml3.jpg

    दश भाइमध्ये डा.भीम रावलले अध्यक्षमै दाबी गरेपछि ओलीले समेट्न सक्ने कुरै भएन । १० भाइमध्ये रावल र घनश्याम भुसाल ओलीसँग केही टाढा देखिए । अरू आठ जनाले भने ओलीले प्रस्ताव गरेको नामावलीमा आपत्ति जनाएको देखिएन ।

    अव्यवस्थित उद्घाटनस्थल

    भर्खरै पार्टी विभाजन भएकाले एमालेले उद्घाटनलाई भव्य बनाउन कुनै कसर बाँकी राखेको थिएन । उद्घाटनामा नेता तथा कार्यकर्ता उतार्न सबै स्रोत परिचालन गरेको एमालेले सहभागिलाई सुविधा पुर्याउनु पर्ने यी कुरामा भने खासै ध्यान दिएन ।

    खानाखाजा

    उद्घाटनका दिन एमालले महाधिवेशनमा आउने नेता, कार्यकर्ता, शुभेच्छुहरूका लागि चितवनका विभिन्न होटलमा खानाखाजाको व्यवस्था गरेको थियो ।तर,धेरैले यो सुविधा उपभोग गर्न पाएनन् ।

    uml5.jpg

    सर्लाही हरिवन-११ का वडाध्यक्ष शेख मेहेबुब रेजा खाना पकाउने तयारीमा। 

    उनीहरू आफैंले पैसा उठाएर खाद्यान्न किन्दै खोला किनारमा पकाएर खान बाध्य भए । किनभने, होटलमा जाँदा महंगोमा खानाखानुपर्ने बाध्यता थियो भने कतै खाना नै पाइन्थेन । यसलाई व्यवस्थित गर्न भने आयोजक चुकेका थिए ।

    शौचालय

    उद्घाटनस्थलमा शौचालयको व्यवस्था अत्यन्तै नाजुक थियो । भीड जुटाउन संयन्त्र परिचालन गर्ने पार्टीले शौचालय चाहिन्छ भन्नेमा खासै ख्याल नगरेको पाइयो । शौचालय नहुँदा विभिन्न होटल, घर र सार्वजनिकमा शौच गर्न बाध्य भए ।

    शौचका लागि अर्काको घरमा जाँदा विवादसमेत भयो । घरधनीले ‘हाम्रोमा किन आएको ?’ भनेपछि विवादसमेत भएको थियो । महाधिवेशनमा आएका प्रायः ले नदीको किनारमा शौच गर्न बाध्य भए ।

    बाटो

    uml6.jpg

    उद्घाटन कार्यक्रममा आएका नेता तथा कार्यकर्ताहरू बाटोबाटै फर्कनु पर्ने अवस्था आयो । उद्घाटनस्थल भन्दा १५ किलोमिटर टाढाबाटै जाम भएपछि हिड्न नसक्नेहरू उतैबाट फर्किए । भीड बढी भएपछि सवारीसाधनलाई उद्घाटनस्थलभन्दा परै रोकिएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology