Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

विद्यालय कर्मचारीलाई १७ हजार र इसीडी शिक्षकलाई १५ हजार पारिश्रमिक उपलब्ध गराइयो [सूचीसहित]

विद्यालय कर्मचारीलाई १७ हजार र इसीडी शिक्षकलाई १५ हजार पारिश्रमिक उपलब्ध गराइयो [सूचीसहित]

  • 9.2K
    SHARES
  • विद्यालय कर्मचारीलाई १७ हजार र इसीडी शिक्षकलाई १५ हजार पारिश्रमिक उपलब्ध गराइयो [सूचीसहित]

    फाइल तस्बिर

    काठमाडौं । मेलम्ची नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) लाई सरकारले तोकेको न्युनतम पारिश्रमिक उपलब्ध गराएको छ ।

    आर्थिक वर्ष २०७८/७९ बजेटको बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था छ । इसीडी शिक्षकलाई केन्द्रले दिएको आठ हजार रूपैयाँमा स्थानीय तहले सात हजार थप गरी १५ हजार पुर्‍याउनुपर्छ ।

    इनरुवा नगरपालिका भन्छ- हामीसँग पर्याप्त बजेट छैन, इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पारिश्रमिक दिन सक्दैनौं इनरुवा नगरपालिका भन्छ- हामीसँग पर्याप्त बजेट छैन, इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पारिश्रमिक दिन सक्दैनौं

    मेलम्ची नगर शिक्षा समितिको बैठकले गत असोजमा नै पारिश्रमिक थप गरेर दिन थालेको हो । नगरपालिकाका अनुसार विद्यालय सहायक कर्मचारीलाई १७ हजार रूपैयाँ उपलब्ध गराइएको छ भने इसीडी शिक्षकलाई १५ हजार पारिश्रमिक दिइएको छ । त्यसैगरी नगरपालिकाबाट नियुक्ति गरिएका इसीडी शिक्षकलाई पनि १५ हजार नै पारिश्रमिक दिइएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाकोे भनाइमा विद्यालय सहयोगी (कक्षा १ देखि ३ सम्म सञ्चालित विद्यालय) लाई १२ हजार र कक्षा ५ सम्म सञ्चालित विद्यालयमा कार्यरत कर्मचारीलाई पनि १२ हजार रूपैयाँ नै उपलब्ध गराइएको छ । त्यसैगरी विद्यालय सहयोगी (माध्यामिक तह) लाई १४ हजार पाँच सय रूपैयाँ मासिक पारिश्रमिक उपलब्ध गराइएको छ ।

    263181323_412989720499621_4677743379589926806_n.jpg

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology