Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

टेलिकमको एडिएसएल सेवामा समस्या

टेलिकमको एडिएसएल सेवामा समस्या

  • 649
    SHARES
  • टेलिकमको एडिएसएल सेवामा समस्या

    काठमाडौं । राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक-पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने गरेका छन् ।

    images

    यस क्षेत्रका शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भागमा समेत एडिएसएल इन्टरनेट सेवामा समस्या आउने गरेको छ । यो क्षेत्र नेपाल टेलिकमको जोरपाटी र इन्द्रायणी शाखाले हेर्ने क्षेत्र हो ।

    जोरपाटी-थली-साँखु र जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक विस्तारका क्रममा रहेकाले पनि यस क्षेत्रको एडिएसएल इन्टरनेट सेवामा समस्या आउने गरेको ग्राहक रश्मी पुडासैनीले बताइन् ।  तामाको तारबाट इन्टरनेट सेवा दिइने एडिएसएल सेवामा तार काटिएपछि हप्तौँ सेवा अवरुद्ध हुने गरेको छ ।

    सडक विस्तारका क्रममा विद्युत्का खम्बा सार्ने क्रममा टेलिफोनको तारमा समेत अवरोध आउने गरेको छ । टेलिफोनको तार भूमिगत गरिएको क्षेत्रमा सडक विस्तारका क्रममा ढल हाल्ने, खानेपानीको पाइप फेर्ने, मर्मत गर्ने गर्दा समेत एडिएसएल सेवाका ग्राहक मर्कामा पर्ने गरेका छन् ।

    नेपाल टेलिकम जोरपाटी शाखाका कार्यालय प्रमुख पर्वतराज न्यौपाने सबैतिर ‘फाइबर टु होम’ अर्थात् एफटिटिएच सेवा विस्तार गर्ने योजना बनिसकेकाले तामाको तार नकिन्ने नीति कार्यालयले लिएको बताउँछन् । टेलिकमको यस्तो नीतिका कारण वर्षौँदेखि पुरानो भएको एडिएसएल सेवा बाँडिएका तामाका तार परिवर्तन हुनसकेको छैन । यसले गर्दा पनि एडिएसएल सेवा चलेका बेलामा राम्रोसँग काम गर्दैन ।

    एडिएसएल सेवामा पाँच एमबिभन्दा धेरै गतिको इन्टरनेट सेवा दिन नमिल्ने भएकाले पनि ढिला हुने गरेको कार्यालय प्रमुख न्यौपानेको स्वीकारोक्ति छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले न्यूनतम् २५ एमबी गतिको इन्टरनेट सेवा दिएकाले एकपटक एडिएसएल सेवा जोडेर दुःख पाएका ग्राहकले कहिल्यै सरकारी कम्पनी नेपाल टेलिकमको एडीएसएल सेवा जोड्दैनन् ।

    एडिएसएल सेवा जोडेर वर्षौँदेखि दुःख पाएका गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीका राकेश रसाइली पटक-पटक टेलिकमको शाखा कार्यालयमा गुणस्तर सुधारका लागि अनुरोध गरे पनि समस्या समाधान नहुने गरेको बताउँछन् ।

    एडिएसएल सेवामा समस्या आउँदा आफूले सञ्चालन गरेको गोल्डेन मिसन एजुकेशन सेन्टरको काममा धेरैपटक समस्या भोग्नुपरेको उनले गुनासो गरे । यो समस्या लिएर पटक-पटक रसाइली जोरपाटी शाखा कार्यालय पुग्ने गरेका छन् ।

    टेलिकमले पाँच वर्षअघिदेखि यस क्षेत्रमा एफटिटिएच सेवा विस्तार गर्ने भने पनि काम हुनसकेको छैन । पाँच वर्षअघि एक वर्षभित्र छिटोगतिमा इन्टरनेट सेवा दिने एफटिटिएच विस्तार गरिने भने पनि काम धेरै सुस्तगतिमा भएको ग्राहकको गुनासो छ ।      

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology