Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

फेरि बढ्याे कोरोना संक्रमण, विद्यालय बन्द गर्ने तयारी

फेरि बढ्याे कोरोना संक्रमण, विद्यालय बन्द गर्ने तयारी

  • 540
    SHARES
  • फेरि बढ्याे कोरोना संक्रमण,  विद्यालय बन्द गर्ने तयारी

    काठमाडाैं । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    images

    ८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गरिएको थियो ।

    विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टिजिन परीक्षण गर्न नगर शिक्षा शाखालाई अनुरोध गरिएको खनालले बताए । उनकाे भनाइमा काेराेना संक्रमण नियन्त्रणमा नआए विद्यालय बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।   

    बलेवा क्षेत्रमा बागलुङ नगरपालिका १२, १३ र १४ नम्बर वडा पर्छन् । बिहीबार थप तीन स्थानीय बासिन्दामा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

    कोरोना संक्रमण पाइएपछि स्वास्थ्य कार्यालयको टोली आज (मंसिर १७) त्यसतर्फ जान लागेको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

    बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय संक्रमित रहेकामा बिहीबारमात्रै थप संक्रमित थपिएपछि संख्या ४१ पुगेको छ । दुई जना संक्रमित धौलागिरि अस्पतालको आइसोलेशनमा छन् ।   

    संघीय सरकारले पनि काेराेना भाइरसकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ काे अवस्थालाई मध्यनजर गर्दै सचेत रहन देशवासीसँग अपिल गरेकाे छ । सीमा नाकाहरूमा कडाइ गरेको छ भने विभिन्न देशबाट नेपाल आउन रोक लगाएको छ । 

    omrivriant-01122021114151-1000x0.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology