Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास

अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास

  • 342
    SHARES
  • अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास

    भियना । अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घोषाणा गरेका छन् । चान्सलरबाट राजीनामा दिएको केही सातापछि क्रुजले राजनीतिबाट पनि सन्यास लिने घोषणाा गरेका हुन् । भ्रष्टाचारको अ‌ारोप लागेपछि क्रुजले एक महिनाअघि पदबाट राजीनामा दिएका थिए । ‘यो समयका लागि म निकै आभारी छु, हाम्रो सुन्दर अस्ट्रियालाई उचित दिशातर्फ लैजान मैले पनि केही योगदान दिएको छु’ उनले भने । 

    images

    जीवनको नयाँ अध्याय सुरु भएको बताउँदै नेतृत्व हस्तान्तरण गरेको उनले बताए । आफू योगी वा अपराधी दुबै नभएको बताउँदै चान्सलर हुँदा विरोधीले धेरै आलोचना गरेको उनले गुनासो गरे । ३५ वर्षीय क्रुज युरोपकै कान्छो नेता मात्र भएका थिएनन्, विश्वमै सबैभन्दा कम उमेरमा राष्ट्रप्रमुख हुने पहिलो व्यक्ति बनेका थिए । 

    उनी सन् २०१७ देखि नै अस्ट्रियाको राजनीतिको प्रभावशाली र विभाजनकारी पात्र बनेका थिए । राजनीतिबाट सन्यास लिने उनको घोषणाले त्यहाँको पिपुल्स पार्टी अलमलमा परेको छ । पूर्वउपचान्सलर वेर्नर कोग्लरले क्रुजको निर्णयको स्वागत गरेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology