Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

विद्यार्थी कुट्ने शिक्षकलाई भएन कारबाही

विद्यार्थी कुट्ने शिक्षकलाई भएन कारबाही

  • 505
    SHARES
  • विद्यार्थी कुट्ने शिक्षकलाई भएन कारबाही

    बिर्तामोड । होमवर्क नगरेको निहुँमा एक विद्यार्थीलाई नीलडाम हुने गरी कुटपिट गरिएको घटना सहमतिका नाममा सामसुम पारिएको छ । बिर्तामोड नगरपालिका-५ स्थित सुनगाभा इङ्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोखरेलले विद्यार्थीलाई निर्घात कुटपिट गरेकामा सामसुम पारिएको हो ।

    images

    वडा प्रतिनिधि, प्रहरी, टोल समितिका प्रतिनिधि, विद्यालय प्रशासन र पीडित पक्षबीच बिहीबार विद्यालयको एउटा कोठाभित्र सहमति भएको जनाइएको छ ।

    कक्षा ३ मा अध्ययनरत ९ वर्षीय अविरल तिम्सिनालाई शिक्षक पोखरेलले बुधबार गृहकार्य नगरेको भन्दै बाँसको लट्ठीले निर्घात कुटेको पीडित पक्षको भनाइ छ ।

    कुटाइबाट तिम्सिनाको तिघ्रा, गाला र डढेलोमा नीलडाम बसेको छ । ‘नानीले होमवर्क राम्ररी नगरेको भन्दै यति साह्रो कुटपिट गरेछन्,’ पीडित विद्यार्थीकी आमा अञ्जनाले भनिन् । उनले बालबालिकालाई यसरी यातना दिने शिक्षकलाई कारबाही गर्नुपर्ने माग राखिन् ।

    शिक्षक पोखरेलले विद्यार्थीलाई कुटपिट गरेर नराम्रो घटना घटाएको विद्यालयका प्रिन्सिपल मिलन श्रेष्ठले बताए । उनले घटनाका विषयमा पीडित पक्षसँग गल्ती स्वीकार गरी आइन्दा यस्तो घटना दोहोरिन नदिने उल्लेख गर्दै कुटपिट गर्ने शिक्षकलाई बुधबार नै विद्यालयबाट हटाइएको बताए ।

    इलाम घर भई झापाको चारआलीमा बसेर शिक्षण पेसा गर्दै आएका पोखरेललाई जिल्लाका कुनै विद्यालयमा काम नपाउने गरी प्याब्सन, एनप्याब्सनलाई पत्र पठाउने सहमति जुटेको बिर्तामोड-५ का वडा सदस्य लक्ष्मी बाँस्कोटाले बताए ।

    उनका अनुसार कुटपिटबाट नीलडाम बसेको विद्यार्थीको उपचार विद्यालयले गर्ने सहमति जुटेको छ । शिक्षकको कुटाइपछि विद्यार्थी निकै डराएको पीडित परिवारले जनाएको छ । कान्तिपुर दैनिकबाट

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology