वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल राप्रपाको कूल प्रतिनिधि संख्या ४ हजार ३ सय १२ कायम भएको छ ।
यसअघि देशभरबाट ४ हजार ६ सय प्रतिनिधि रहेको बताइएको थियो । तर,ललितपुर, भक्तपुर, सर्लाही र बाँके लगायतका केही जिल्लामा प्रतिनिधि चयनमा गडबडी गरेको भन्दै अध्यक्षका प्रत्यासी राजेन्द्र लिङदेन पक्षले विरोध जनाएपछि निर्वाचन समितिले प्रतिनिधिको नाम छानबिन गरेको हो ।
निर्वाचन समितिका सदस्य झनक प्याकुरेलको भनाइमा राप्रपाको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने संख्या ४३ सय १२ कायम भएको छ ।
भृकुटीमण्डप वरपर अध्यक्ष कमल थापा र राजेन्द्र लिङदेन पक्षले व्यापकरूपमा प्रचार-प्रसार गरिरहेका छन् । दुवै पक्षले पदाधिकारीसहितको प्यानलै बनाएर उम्मेदवार घोषणा गरिसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij