Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शिक्षकहरूका तलबलगायतका समस्या समाधान हुन्छ : केपी ओली

शिक्षकहरूका तलबलगायतका समस्या समाधान हुन्छ : केपी ओली

  • 7.6K
    SHARES
  • शिक्षकहरूका तलबलगायतका समस्या समाधान हुन्छ : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरूका समस्या समाधान गर्ने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, शिक्षक भवन एवम् १२ औं ललितपुर जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।

    images

    उनले भने, ‘मैले शिक्षक साथीहरूका समस्या सुनिरहेको छु । कहिले तलबका समस्या, कहिले दरबन्दीका समस्यालगायतका समस्या । यस्ता समस्या समाधान गर्दै जानेछौं ।’ 

    ‘तपाईंहरूको पारिश्रमिक एउटा कुरा हो । तर, तपाईंहरूको सेवा, योगदान पारिश्रमिकसँग तुलना गर्न मिल्दैन,’ कार्यक्रममा ओलीले भने, ‘तपाईंहरू भविष्य निर्माण गर्दै हुनुहुन्छ । भविष्यका कर्णधारहरू तयार गर्दै हुनुहुन्छ ।’ 

    अध्यक्ष ओलीले २६-२७ सालतिर प्रा.विको शिक्षक भएर पढाउने मौका पाएको बताउँदै १४ वर्ष जेलमा रहँदा जेलमा बसेकाहरूलाई पनि पढाएको बताए । उनले भने, ‘जेलमा मेरो जिम्मेवारी विनापुस्तक पढाउने र पास गराउने थियो ।’  

    शिक्षकहरूले राजनीति गर्न हुँदैन : केपी ओली शिक्षकहरूले राजनीति गर्न हुँदैन : केपी ओली

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology