Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

आठौं तनहुँ महोत्सव हुने

आठौं तनहुँ महोत्सव हुने

  • मंसिर १७, २०७८ शुक्रवार २०:२९ बजे
  • 396
    SHARES
  • आठौं तनहुँ महोत्सव हुने

    तनहुँ । गत वर्ष कोरोना संक्रमणका कारण रोकिएको तनहुँ महोत्सव यसपालि हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघले आठौं संस्करणको तनहुँ महोत्सवको तयारी थालेको हो । 

    images

    २९ पुस देखी १० माघसम्म महोत्सव चल्ने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सव दमौलीस्थित बिपी वनबाटिकामा सञ्चालन गरिनेछ । कोरोनाले ठप्प पारेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन महोत्सव सफल हुने उनको भनाई छ । 

    ‘आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागी महोत्सव गर्दैछौं ।  कोरोनाले ठप्प भएको आर्थिक क्षेत्रलाई महोत्सवले चलायमान बनाउनेछ’, उनले भने । व्यवसायीको हितका लागि व्यवसायीको आयोजनामा महोत्सव आयोजना गरेको श्रेष्ठले बताए । 

    स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलको प्रवर्द्धन महोत्सवको प्राथमिकतामा पर्नेछ । स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षण हो । पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरेको संघका महासचिव सुबोध अधिकारीले जानकारी दिए । छ करोड रुपैयाँको आर्थिक कारोबार महोत्सवले गर्ने उनले जनाए ।

    महोत्सवको आयोजकमा तनहुँ उद्योग वाणिज्य संघसँगै जिल्ला समन्वय समिति र व्यास नगरपालिका रहेका छन् । दमौली बजार इकाई सहआयोजक रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology