Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

तन्दुरुस्ती र स्वास्थ्यका लागि साइक्लिङ

तन्दुरुस्ती र स्वास्थ्यका लागि साइक्लिङ

  • 408
    SHARES
  • तन्दुरुस्ती र स्वास्थ्यका लागि साइक्लिङ

    काठमाडौं । शारीरिक रुपमा फिट रहन मानिसले अनेक प्रयत्न गर्छन । खानपानसँगै नियमित कसरतले मानिसलाई मानसिक र शारीरिक रुपमा फिट राख्छ । यसको लागि साइकल चलाउनु एकदमै उपयुक्त हुन्छ । 

    images

    नियमित शारीरिक गतिविधिले मोटोपन, मुटुरोग, क्यान्सर, मानसिक रोग, मधुमेह र हड्डी कमजोर जस्तो रोगहरुबाट बचाउन मद्दत गर्छ । त्यसैले नियमित रुपमा साइकल चलाउँदा गतिहीन जीवनशैलीसँग जोडिएका स्वास्थ्य समस्या हटाउनुका लागि सर्वोत्तम तरिका हो । 

    साइकल चलाउँदा गजब व्यायाम हुन्छ । यस व्यायामलाई सानो बच्चादेखि वयस्क व्यक्तिहरुले सजिलै गर्न सक्छन् । साइक्लिङ सरल, सहज र पर्यावरण रक्षाको लागिसमेत राम्रो मानिन्छ । जाडोयाममा साइकल चलाउनु प्रकृतिसँग नजिकिने एक सरल माध्यम पनि हो । प्रकृतिसँग जोडिएर शारीरिक व्यायाम गर्दा मानसिक स्वास्थ्यलाई सकारात्मक प्रभाव पर्छ । 

    मोटोपन र तौल नियन्त्रण 
    तौल नियन्त्रण गर्न वा घटाउन साइकल चलाउनु उत्तम उपाय हो । यसले पाचन प्रणालीमा सहयोगसँगै मांशपेशीलाई मजबुत बनाउन सहयोग गर्छ । यो व्यायामले शरीरको बोसोलाई घटाउने काम गर्छ । तौल नियन्त्रणको लागि साइकल चलाउनु बरदान नै सावित हुन्छ । 

    मुटुरोगको जोखिम कम 
    नियमित साइकल चलाउँदा फोक्सो तथा मुटुमा रक्तसञ्चार प्रक्रिया राम्रो हुन्छ । जसले गर्दा मुटुरोगको जोखिम घटेर जान्छ । 

    क्यान्सरसँग लड्न मद्दत गर्छ
    दैनिक विहान साइकल चलाउँदा विशेष गरि कोलन क्यान्सर र स्तन क्यान्सरसँग लड्ने क्षमता बढ्छ । 

    मधुमेह बिरामीलाई बरदान 
    टाइप २ मुधमेह विश्वमा एक जटिल स्वास्थ्य समस्याको रुपमा देखिएको छ । शारीरिक गतिविधि कम गर्ने व्यक्तिमा मधुमेहक्ँे टाइप २ अत्यधिक देखिएको छ । प्रतिदिन ३० मिनेट साइकल चलाउने व्यक्तिमा मधुमेह हुने जोखिम ४० प्रतिशत कम हुन्छ । 

    तनाव घटाउँछ 
    साइकल चलाउँदा हड्डी बलियो हुनुका साथै तनाव, चिन्ता पनि कम हुन्छ । दैनिक साइकल चलाउँदा मन आनन्दित हुनुकासाथै शरीरलाई धेरै फाइदा पुग्छ । 

  • सम्बन्धित विषय:

  • # साइक्लिङ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology