Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ५ को निधन

थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ५ को निधन

  • 351
    SHARES
  • थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ५ को निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर जम्मा ६ हजार ७९७ नमुना परीक्षण गर्दा उक्त संख्यामा भाइरस संक्रमण पुष्टि भएको हो । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार २९५ पीसीआर परीक्षण गर्दा २२० र १५ सय २ एन्टीजेन परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अवधिमा ३९२ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ५ जनाको निधन भएको छ । 

    हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको छ । जसमध्ये ६ हजार ३९७ जना होम आइसोलेसनमा र ३४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १०६ जना आइसियूमा र ३२ जना भेन्टिलेटरमा उपचारत छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology