Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

हराएको ३६ वर्षमा लक्ष्मीनारायणको मूर्ति प्रतिस्थापन

हराएको ३६ वर्षमा लक्ष्मीनारायणको मूर्ति प्रतिस्थापन

  • 443
    SHARES
  • हराएको ३६ वर्षमा लक्ष्मीनारायणको मूर्ति प्रतिस्थापन

    काठमाडौं । ललितपुर महानगरपालिका-१६ पटको टोलबाट विसं २०४२ मा हराएको लक्ष्मीनारायणको मूर्ति आज प्रतिस्थापन गरिएको छ ।

    images

    नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी तथा पाटन दरबार सङ्ग्रहालयका पदाधिकारी तथा नेपाल सम्पदा पुनःजागरण अभियानका सदस्य तथा ललितपुर महानगरपालिकाका जनप्रतिनिधि एवं जनताको सहभागितामा उक्त काम सम्पन्न गरिएको हो ।

    राजदूत बेरीले ललितपुरको सम्पत्ति सोही समुदायमै फर्काउन पाउँदा निकै गौरवान्वित महसुस गरिरहेको भनाइ राखे । उनले भने, ‘अझै भेटिएका यस्ता वस्तुलाई पुनः फर्काउनेछौँ ।’

    पुनःजागरण अभियानका उपाध्यक्ष कनकमणि दीक्षितले सो मूर्ति आज मन्दिरमा प्रतिस्थापन गरिनु नै पटको टोलका जनताको उत्कृष्ट र उत्साहजनक सहयोग तथा चासोको विषय रहेकामा प्रशंसा गरे । उनले भने, ‘यस मूर्तिलाई फर्काउन अमेरिकी नागरिक महिला जोयलिन डेभिस तथा एरिन टम्सन र अर्का व्यक्ति युग्रेन शिकको ठूलो हात रहेको छ ।’

    पटको टोल सुधार समितिका अध्यक्ष वदनज्वालानन्द राजोपाध्यायले विगत विसं १९८४ मा हराएको मूर्ति फेरि चोरी हुनसक्ने कुरालाई ध्यानमा राखी आफूहरुले सिसीटिभी र साइरन तथा लेजर प्रविधिको समेत व्यवस्था मन्दिर हातामा गरेकोे बताए ।

    हनुमानढोका दरबार हेरचाह अड्डा कार्यालय प्रमुख सन्दीप खनालले सो मन्दिर एक तहको पेटीमा दुईतले शैलीको पश्चिमाभिमुख रहनाका साथै सोको प्रवेशद्वारको चौकोस पनि एकदम कलात्मक रहेको बताए । उक्त मन्दिर बाहिर ढोकामा छत्र भएको गरुड अनि मध्यभागमा नारायण मूर्तिसहित विभिन्न देवगणले भरिएको तोरणसमेत देख्न पाइन्छ ।

    स्थानीयवासी विमललाल श्रेष्ठका अनुसार सो नारायण मन्दिरमा वर्षको एकपटक हरेक निर्जला एकादशीका दिन ‘नारायण गुठी’ का मानिसले गुठी चलाउनेसमेत गरेका बताए । उक्त कार्यक्रममा सो लक्ष्मीनारायण मूर्ति १२औँ शताब्दीको लिच्छिविकालमा निर्माण हुनाका साथै मन्दिर भने मल्लकालीन समयमा बनेको बताइएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology