Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

एनआरटीको लगातार दोस्रो बराबरी

एनआरटीको लगातार दोस्रो बराबरी

  • मंसिर १८, २०७८ शनिवार १९:०५ बजे
  • 362
    SHARES
  • एनआरटीको लगातार दोस्रो बराबरी

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलमा  न्युरोड टिम एनआरटी र च्यासल यूथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न शनिबारको दोस्रो खेलमा च्यासल र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।  च्यासलले पहिलो हाफमा एक गोल गर्दा एनआरटीले दोस्रो हाफमा बराबरी गोल गरेको थियो ।

    images

    खेलको ४३औं मिनेटमा रुमेश बर्तौलाले गरेको गोलबाट च्यासलले अग्रता लिएको थियो । एनआरटीका मेसुके ओलोउमोउको हेड रिबान्डमा अनमार्क रहेका रुमेशले आकर्षक गोल गरे । 

    ७९औं मिनेटमा वैकल्पिक  दीपेश घलेले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए । एनआरटीका नवीन गुरुङको क्रस च्यासलका राजीव लोप्चाङबाट डिफ्लेक्ट हुँदा दीपेशले बक्सभित्रबाट सहजै गोल गरे । 

    खेलको म्यान अफ दी म्याच च्यासलका कविराज महर्जन भए ।  बराबरीसँगै च्यासलले तीन खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा थ्री स्टारसँग ३–० ले पराजित भएको च्यासलले दोस्रो खेलमा एपीएफलाई १–० ले पराजित गरेका थियो । 

    यता एनआरटीको भने यो दोस्रो बराबरी हो । पहिलो खेलमा मछिन्द्र क्लबसँग २–१ ले पराजित भएको एनआरटी दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग बराबरीमा रोकिएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology