Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इलाम निर्माण व्यवसायी संघको अध्यक्षका लागि चार आकांक्षी

इलाम निर्माण व्यवसायी संघको अध्यक्षका लागि चार आकांक्षी

  • मंसिर १८, २०७८ शनिवार २०:१५ बजे
  • 563
    SHARES
  • इलाम निर्माण व्यवसायी संघको अध्यक्षका लागि चार आकांक्षी

    इलाम । निर्माण व्यवसायी संघ इलामको नवौं जिल्ला अधिवेशन आइतबारबाट सुरु हुँदैछ । संघको नेतृत्वको लागि चार जना आकांक्षी देखिएका छन् । अध्यक्षको लागि हालसम्म चार जनाले उम्मेदवारी घोषणा नै गरिसकेका छन् । 

    images

    आइतबारबाट सुरु हुने अधिवेशनबाट वर्तमान अध्यक्ष सुभाष चिपालु फेरी अध्यक्षमा दोहोरिन चाहन्छन् । संघका पूर्वअध्यक्ष राजकुमार भक्तराज पनि अध्यक्षका आकांक्षी हुन् । त्यस्तै अधिवेशनको लागि सन्तोष कटुवालले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर निर्माण व्यवसायीसँग लबिङ बढाएका छन् । अध्यक्षकै लागि डिल्लीराम खनालले पनि उम्मेदवारी घोषणा गरेका छन् । 

    निर्माण व्यवसायी संघमा चार जनाको उम्मेदवारी हुने भएपछि निर्माण व्यवसायी वृत्तमा चुनावी सरगर्मी बढेको छ । आइतबार उद्घाटन कार्यक्रमपछि व्यवसायी संघको पदाधिकारी र कार्यसमिति सदस्य चयनको लागि मनोनयन दर्ताको कार्यक्रम रहेको छ । 

    आइतबार सर्वसम्मत रूपमा नेतृत्व चयन नभए सोमबार मतदान हुनेछ । अध्यक्षसहित पदाधिकारीमा धेरै आकांक्षी देखिएकाले सर्वसम्मत रूपमा नेतृत्व चयन हुनेसम्भावना कम रहेको स्रोत बताउँछ । इलाममा २२० जना निर्माण व्यवसायी छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology