Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

माउन्टेन बाइक च्यालेन्जको उपाधि लक्ष्मण र हुमी लाई

माउन्टेन बाइक च्यालेन्जको उपाधि लक्ष्मण र हुमी लाई

  • मंसिर १८, २०७८ शनिवार २१:०३ बजे
  • 807
    SHARES
  • माउन्टेन बाइक च्यालेन्जको उपाधि लक्ष्मण र  हुमी लाई

    काठमाडौं । पहिलो संस्करणको हाइ अल्टिच्युड रसुवा माउन्टेन बाइक च्यालेन्जको उपाधि लक्ष्मण मल्ल र हुमी बुढा मगरले जितेका छन् । शनिबार रसुवाको कालिकास्थानमा भएको ३१ किलोमिटरको दौड मल्लले १ घण्टा २९ मिनेट १९ सेकेन्डमा पार गर्दै विजेता बने ।

    images

    पुरुष स्पर्धामा सुरज राना मगर दोस्रो र प्रकाश थापा मगर तेस्रो बनेका छन् । सुरजले १ घण्टा २९ मिनेट ४२ सेकेन्ड र प्रकाशले १ घण्टा २९ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे ।  हिक्मत बिके चौथो, अच्युत कृष्ण खरेल पाँचौ, प्रचित थापा मगर छैटौं, किरण राई सातौं, मानबहादुर तामाङ आठौं, विनोद सापकोटा नवौं र मिलन श्रेष्ठ दसौँ भए ।

    महिलातर्फ विजेता बनेकी हु मीले १३ औं साग खेलकुदकी स्वर्ण पदक विजेता लक्ष्मी मगरलाई २ सेकेन्डले पछि पारिन् । हु मीले निर्धारित दुरी १ घण्टा ५३ मिनेट १३ सेकेन्डमा पार गरिन् । दोस्रो बनेकी लक्ष्मीले १ घण्टा ५३ मिनेट १५ सेकेन्डमा पुरा गरिन् । तेस्रो बनेकी इन्द्रकला नेम्वाङ्गले २ घण्टा २ मिनेट ४८ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । उषा खनाल चौँथो, इन्द्रकुमारी तामाङ पाँचौँ, विदिशा चौधरी छैटौं र शकुन्तला बुढा मगर सातौं भइन् ।

    पुरुष तथा महिला स्पर्धामा च्याम्पियन बनेका खेलाडीले ४० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार, पाँचौँले ६ हजार, छैटौँले ५ हजार, सातौँले ४ हजार, आठौँले ३ हजार, नवौँले २ हजार र दसौँ स्थान हात पार्ने खेलाडीले १ हजार रुपैयाँ नगद प्राप्त गरे ।

    प्रतियोगिताको मास्टर्स विधामा हर्क लामा विजेता बने । उनले निर्धारित दुरी १ घण्टा ४५ मिनेट २४ सेकेन्डमा पार गरे । दोस्रो बनेका नयन मानन्धरले १ घण्टा ४९ मिनेट ५६ सेकेन्डमा दुरी पुरा गरे । पेम्बा शेर्पाले २ घण्टा ५ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै तेस्रो बने ।

    जुनियर स्पर्धाको विजेता किरण लिम्बु बने । उनले १ घण्टा ३८ मिनेट ३८ सेकेन्डमा दुरी पार गरे । आशिष तामाङ १ घण्टा ४६ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो बने । तेस्रो बनेका राहुल वाइबाले १ घण्टा ५० मिनेट २ सेकेन्डमा दुरी पार गरेका थिए । मास्टर्स र जुनियर विधाका विजेताले मेडलसहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गरे ।  

    १६ सय मिटर उचाईको कालिकास्थानबाट सुरु भएको दौड घुम्तिबजार, लामाटोल, गुम्बाडाडाँ, स्याउबारी हुँदै २३ सय मिटर उचाईको लोकिल पुगेर आलुखर्क, गोर्मु, सस्र्युङ, किमाजोङ, खाल्चेट, जिवजिबे हुँदै कालिकास्थानमै आएर टुङ्गिएको थियो ।

    प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् बागमती प्रदेश र नेपाल साइक्लिङ संघले संयुक्त रूपमा आयोजना गरेका हुन् । प्रतियोगितामा जिल्ला साइक्लिङ संघ रसुवा र जिल्ला खेलकुद विकास समिति रसुवाले समन्वयको भूमिका निर्वाह गरेका थिए ।

     

  • सम्बन्धित विषय:

  • # माउन्टेन बाइक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology