Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

सकियो राप्रपाको मतदान: ३९ सय १७ मत खस्यो, ५ सयभन्दा बढी मतदाता अनुपस्थित

सकियो राप्रपाको मतदान: ३९ सय १७ मत खस्यो, ५ सयभन्दा बढी मतदाता अनुपस्थित

  • 368
    SHARES
  • सकियो राप्रपाको मतदान: ३९ सय १७ मत खस्यो, ५ सयभन्दा बढी मतदाता अनुपस्थित

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सकिएको छ ।

    images

    नेतृत्वमा कमल थापा र राजेन्द्र लिङ्देन प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । बुधवारदेखि सुरू भएको महाधिवेशनमा शनिबार दिउँसो सवा १२ बजेदेखि निर्वाचन सुरू भएको थियो ।

    निर्वाचन समितिका सह सदस्य सचिव झनक प्याकुरेलले ३९ सय १७ मत खसेको जानकारी दिए । उनकाअनुसार ४३ सय ८० मतदाता रहेकोमा ५ सयभन्दा बढी अनुपस्थित भएका छन् ।

    प्रदेशअनुसार प्रदेश १ बाट ७७६, प्रदेश २ बाट ५७३, बागमतीबाट ८९०, गण्डकीबाट ४०२, लुम्बिनीबाट ५९५, कर्णालीबाट ३०९, सुदूरपश्चिम प्रदेशबाट ३७२ मत खसेको छ ।  

    अर्का निर्वाचन अधिकृत राजु बस्नेतले खसेको मतमा रुजु गर्ने कार्य भइरहेको र एक डेढ घण्टामा मतदान सुरू हुने बताए । उनकाअनुसार मतगणनामा कम्तिमा दुईघण्टा लाग्नेछ ।  

    उनकाअनुसार एक घण्टामा मुचुल्का लगायत कानुनी प्रक्रिया पूरा गरेर मतगणना सुरू हुनेछ ।

    अध्यक्षमा मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ मेसिनबाट विद्युतीय मतदान भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology