Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

राप्रपा पदाधिकारीमा कमल थापाको वर्चश्व, महामन्त्रीमा रेखा थापा पराजित

राप्रपा पदाधिकारीमा कमल थापाको वर्चश्व, महामन्त्रीमा रेखा थापा पराजित

  • 389
    SHARES
  • राप्रपा पदाधिकारीमा कमल थापाको वर्चश्व, महामन्त्रीमा रेखा थापा पराजित

    काठमााडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा) को पदाधिकारीमा कमल थापासँग प्यानल बनाएर चुनाव लडेका व्यक्तिहरु निर्वाचित भएका छन् ।

    images

    अध्यक्षमा कमल थापा राजेन्द्र लिङदेनसँग २२७ मतान्तरले हारे पनि अन्य पदाधिकारीमा भने महामन्त्रीबाहेक सबै थापा प्यानलका निर्वाचित भएका छन् । 

    राप्रपा उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् । यी सबै थापा समूहका हुन् । पाण्डेको हकमा भने दुबैले आफ्नो प्यानलको दाबी गर्दै आएका छन् ।

    महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक र महिलातर्फ कुन्ती शाही निर्वाचित भएका छन् । धवलशम्शेरमात्रै लिङ्देन प्यानलका हुन् ।

    लिङदेन प्यानलबाट महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् । थापा कुन्ती शाहीसँग पराजित भएकी हुन् । 

    शाहीले २००८ मत ल्याउँदा रेखा थापाले १६४० मत प्राप्त गरेकी हुन् ।
     

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology