Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

इन्डोनेसियामा ज्वालमुखी बिस्फोटः १ जनाको मृत्यु, दर्जनौं घाइते

इन्डोनेसियामा ज्वालमुखी बिस्फोटः १ जनाको मृत्यु, दर्जनौं घाइते

  • 113
    SHARES
  • इन्डोनेसियामा ज्वालमुखी बिस्फोटः १ जनाको मृत्यु, दर्जनौं घाइते

    एजेन्सी, जार्कार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । माउन्ट सिमेरुमा ज्वालामुखी बिस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो ।

    ज्वलामुखी बिस्फोटपछि नजिकका गाउँ फोहर र टुटेफुटेका टुक्राले छोपिएको थियो भने सूर्यलाई धुवाँ र धुलोले ढाकेको थियो ।

    ज्वालामुखी बिस्फोटमा ४१ जना घाइते भएको लुमाजाङ जिल्लाका उपप्रमुख इन्दह मस्दारले बताएकी छन् । घाइतेमध्ये केहीको शरीर जलेको छ । ज्वालमुखी बिस्फोटपछि घरमै फसेका १० जनाको उद्दार भइरहेको छ ।

    वरपरको वातावरण निकै भयभित देखिएको बताउँदै मस्दारले भनिन्, ‘चौतर्फी डरलाग्दो वातावरण छ । पीडितका परिवारमा रुवावासी चलेको छ । ’

    इन्डोनेसियाको विपद् नियन्त्रण निकायले बिस्फोटमा घाइते भएका ३५ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको जनाएको छ । कालो धुँवा र हल्का पानीका कारण उद्दार कार्य प्रभावित भएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology