Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीले राजेन्द्र लिङ्देनलाई दिए बधाई र शुभकामना, आफ्ना समस्या समाधानका लागि पहल गरिदिन आग्रह

इसीडी शिक्षक र विद्यालय कर्मचारीले राजेन्द्र लिङ्देनलाई दिए बधाई र शुभकामना, आफ्ना समस्या समाधानका लागि पहल गरिदिन आग्रह

  • 2.3K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीले राजेन्द्र लिङ्देनलाई दिए बधाई र शुभकामना, आफ्ना समस्या समाधानका लागि पहल गरिदिन आग्रह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) काे अध्यक्षमा झापाका राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । काठमाडाैंमा सम्पन्न एकता महाधिवेशनबाट उनी आइतबार बिहान अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

    यतिखेर उनलाई विभिन्न पेसा तथा व्यवसायका मानिसहरूले सफल कार्यकालका लागि बधाई र शुभकामना दिइरहेका छन् । उनलाई प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) ले पनि सफल कार्यकालको कामना गर्दै बधाई र शुभकामना दिइरहेका छन् ।

    एक जना विद्यालय कर्मचारी भन्छन्, ‘संसदमा पटक-पटक विद्यालय कर्मचारी र इसीडी शिक्षकका मुद्दा उठाउने राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्षमा विजयी हुनुभएको छ । उहाँलाई हार्दिक बधाई छ ।’

    अध्यक्षले लिङ्देनले आफ्ना मागहरू पुरा गर्न पहल गरिदिनेमा आशावादी छन् इसीडी शिक्षक र विद्यालय कर्मचारी । तिनै लिङ्देन हुन्, जसले इसीडी शिक्षक र विद्यालय कर्मचारीका पारिश्रमिकबारे संघीय संसद्मा आवाज उठाइरहने ।

    लिङ्देन राप्रपाको अध्यक्ष पदमा बसिरहँदा इसीडी शिक्षक र विद्यालय कर्मचारी भने पारिश्रमिककै लागि निरन्तर आन्दोलनमा छन् । संसद्मा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहने लिङ्देनले सरकारले तोकेको मासिक पारिश्रमिक र शिक्षकका समस्याको विषयमा अब कस्तो भूमिका निर्वाह गर्लान् त्यो हेर्न बाँकी छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology