Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु

मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु

  • 83
    SHARES
  • मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु

    लमजुङ । डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-२ भकुण्डेमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । 

    शनिबार राति बेँसीसहरबाट उदीपुरतर्फ जाँदै गरेको ना३५प १८०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला घर भएका अन्दाजी ४० वर्षीय शिवनारायण पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    भकुण्डेमा घर बनाउने मिस्त्री काम गर्दै आएको र पैदल हिँड्ने क्रममा सो मोटरसाइकलले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेका उनको बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

    मोटरसाइकल चालक बेँसीसहर नगरपालिका-१ उदीपुरका २१ वर्षीय सुजन खवासलाई  नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology