Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

राप्रपा महाधिवेशन : सर्वाधिक मत ल्याउने कलस्टरका नेतृत्वहरु [सूचीसहित]

राप्रपा महाधिवेशन : सर्वाधिक मत ल्याउने कलस्टरका नेतृत्वहरु [सूचीसहित]

  • 432
    SHARES
  • राप्रपा महाधिवेशन : सर्वाधिक मत ल्याउने कलस्टरका नेतृत्वहरु [सूचीसहित]

    काठमाडौं । संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन रोचक ढंगले सम्पन्न भएको छ ।

    images

    पहिलो पुस्ताबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भएको राप्रपाको एकता महाधिवेशनमा सबैभन्दा बढी मत खुल्लातर्फका उपाध्यक्ष विक्रम पाण्डेले ल्याउन सफल भएका छन् ।

    गत मंसिर १५-१७ मा सम्पन्न गर्ने भनिएको महाधिवेशनमा शनिबार राति अबेरसम्म खसेको ३ हजार १७ मध्ये पाण्डेले २ हजार ५२१ मत ल्याएर सर्वाधिक मत ल्याउने उम्मेदवार हुन सफल भएका छन् भने महामन्त्रीका उम्मेदवार सर्वाधिक मत ल्याउने उम्मेदवारमा दोस्रो नम्बरमा रहेका छन् । जसअनुसार महामन्त्रीका उम्मेदवार राणाले २ हजार २ सय ५१ मत प्राप्त गरेका थिए ।

    आइतबार बिहान निर्वाचन समितिले सार्वजनिक गरेको सुचीअनुसार सबैभन्दा बढी मत ल्याउने विभिन्न कलस्टरका उम्मेदवारको नामावलीः

    अध्यक्षः राजेन्द्र लिङदेन-१८४४

    खुल्ला उपाध्यक्षः विक्रम पाण्डे-२५२१

    महिला उपाध्यक्षस् रोशन कार्की-१५८९

    खुल्ला महामन्त्रीः धवल शमशेर राणा- २२२१

    महिला महामन्त्रीः कुन्तिकुमारी शाही- २००८

    आदिवासी जनजाति खुल्लाः आङनिमा शेर्पा- २०२५

    मुस्लिम खुल्लाः मदिना खातुन- १७५४

    महिला खुल्लाः कुन्तिदेवी पोखरेल- २०८०

    मधेसी खुल्ला- १९५२

    प्रवास खुल्ला- शशीकुमार सिल्वाल १५३१

    उत्पीडित खुल्ला- मिना स्वर्णकार १४६३

    कर्णाली तथा पिछडिएको क्षेत्र- कालिबहादुर शाही

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology