Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

शिक्षक संघले गर्यो यस्तो निर्णय

शिक्षक संघले गर्यो यस्तो निर्णय

  • 821
    SHARES
  • शिक्षक संघले गर्यो यस्तो निर्णय

    काठमाडौं । नेपाल शिक्षक संघले शैक्षिक गुणस्तर खस्कन नदिन आफ्नो सबै सांगठनिक संरचनामा आपत्कालीन सेल निर्माण गर्ने निर्णय गरेको छ ।

    सबै खाले विपत्तिले शैक्षिक क्षेत्रमा परेको प्रभावलाई न्यूनिकरण गर्दे विद्यालयको पठन-पाठनलाई निरन्तरता दिन आपत्कालीन सेल निर्माण गर्ने निर्णय गरेको हो ।

    संघले शुक्रबार विज्ञप्ति जारी गर्दै जस्तोसुकै विपत्तिमा पनि तत्कालै मानवीय क्षतिलाई समाधान गर्दै विद्यालयहरू सञ्चालन हुने र शिक्षा क्षेत्रलाई जोगाउन अघि बढ्ने निर्णयका साथ सेल निर्माण गर्ने निर्णय गरेको जनाएको छ ।

    अध्यक्ष राजेन्द्रराज पौडेलका अनुसार सेलले केन्द्र, प्रदेश र स्थानीय तहमा सरकार र अन्य सहयोगी संघसंस्थाहरूसँग समन्वय गर्ने, सरकारलाई अबका विद्यालयलाई डिजिटल विद्यालयका रूपमा रुपान्तरण गर्न सरकारको कार्ययोजना बनाउने तथा भौतिक तथा मानवीय संसाधनको तयारीका लागि अघि बढाई सम्बन्धित सबै सरोकारवालाहरूको ध्यानाकर्षण गर्दे शिक्षा क्षेत्रलाई जोगाउन अघिढ्ने निर्णय गरेको छ । 

    eds.jpg 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology