वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा (दलित कोटा)बाट आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।
परियारले हाल पार्टीको विधानअनुसार दलितको पनि पदाधिकारीमा सहभागिता हुने गरी सहमहामन्त्री पद राखिएको भन्दै समावेशी क्लस्टर अनुसार सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेको बताए ।
पार्टीको विचार र दृष्टिकोण सहि ढंगले प्रस्तुत गर्नुपर्ने र आफूले पार्टीलाई अग्रमोर्चामा लैजान भूमिका खेल्ने उनले बताए । परियारले आफुलाई अत्याधिक मतले विजयी गराउने विश्वास व्यक्त गरे ।
यसअघि परियार पार्टीको दुई कार्यकाल केन्द्रीय सदस्य बनेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij