Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

संस्कृत भाषा संरक्षण गर्ने उदेश्यले स्थापना गरिएकाे नेपाल संस्कृत विश्वविद्यालय ३६ वर्षमा 

संस्कृत भाषा संरक्षण गर्ने उदेश्यले स्थापना गरिएकाे नेपाल संस्कृत विश्वविद्यालय ३६ वर्षमा 

  • 1.4K
    SHARES
  • संस्कृत भाषा संरक्षण गर्ने उदेश्यले  स्थापना गरिएकाे नेपाल संस्कृत विश्वविद्यालय ३६ वर्षमा 

    दाङ । नेपाल संस्कृत विश्वविद्यालय स्थापना भएको शुक्रबार ३५ वर्ष पुरा भएको छ । दाङको बेलझुण्डीमा नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको छ ।

    images

    संस्कृत भाषा संरक्षण गर्ने उदेश्यले २०४३ सालमा दाङमा स्थापना भएको विश्वविद्यालय आरोह अपरोह पार गर्दै ३५ वर्ष पुरा भएको छ । स्थापनाको ३५ औं वर्ष पुरा हुँदै गर्दा विश्वविद्यालयले उदेश्यअनुसार कार्य सम्पादन गर्दै आएको बताएको छ ।

    विश्वविद्यालयको स्थापना दिवसको अवसरमा शुक्रबार नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरूलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको छ। विश्वविद्यालयमा २५ वर्ष सेवा पुरा गरेका, तथा सेवा अवधि पुरा भएर निवृत्त भएका ९९ जना प्राध्यापक, कर्मचारीहरुलाई सेवा पदक प्रदान गरिएको छ ।

    नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका आशिंक क्याम्पसहरूमा कार्यरत २५ वर्ष सेवा पुरा गरेका र निवृत्त भएका शिक्षक कर्मचारी ९९ जनालाई सेवा पदकले सम्मान गरिएको विश्व विद्यालयका कुलसचिव माधव अधिकारीले जानकारी दिए ।

    उनले लामो समयदेखि विश्वविद्यालयमा यो काम हुन नसकेको अवस्थामा अहिले सुरु गरिएको र यसले अब निरन्तर पाउने बताए । अधिकारीले २०७० सालदेखि सेवा पदक नपाएकालाई एकसाथ विश्वविद्यालयले सेवापदक प्रदान गरेको बताए । कुलसचिव अधिकारीले विश्वविद्यालयको दीक्षान्तसमेत हुन नसकेको भन्दै अब छिट्टै दीक्षान्त समारोह पनि गरिने बताए ।

    शिक्षाध्यक्ष प्रा.डा.भीमप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति यादव प्रसाद लामिछानेले विश्वविद्यालयमा रोकिएका क्रियाकलापहरु अब सुरु हुन थालेको बताए ।

    अनादिकालदेखि सञ्चित रहँदै आएका मानवमात्रका लागि उपयोगी प्रज्ञासम्पत्तिको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्दै नेपाललाई पूर्वीय एवम् पाश्चात्य ज्ञानविज्ञानको अध्ययन अनुसन्धान केन्द्रका रुपमा विकसित तुल्याउने उद्देश्यले स्थापना भएको विश्वविद्यालयले त्यहि अनुसार गति लिइरहेको उनले बताए ।

    संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिहरूलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वर्धन गरिरहेको उनले बताए । 

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology