Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीले न्युनतम पारिश्रमिक पाउने

इसीडी शिक्षक र विद्यालय कर्मचारीले न्युनतम पारिश्रमिक पाउने

  • 1.6K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीले न्युनतम पारिश्रमिक पाउने

    काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक र विद्यालय कर्मचारी (परिचर र लेखापाल) को न्युनतम पारिश्रमिक संघीय सरकारले तोकेको १५ हजार रूपैयाँ पुर्‍याउने तयारी गरेको छ । इच्छाकामना गाउँपालिकाकी शिक्षा शाखा प्रमुख दुर्गा खड्काले सोमबार बेवटिभी खबरलाई सो जानकारी दिएकी हुन् ।

    ‘संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ बजेटको बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था छ । हामीले पनि सरकारको निर्णय कार्यान्वयन गर्न लागेका छौं । इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम पारिश्रमिक दिने विषयमा पालिकाले मोटामोटी छलफल गरिसकेको छ,’ शिक्षा शाखा प्रमुख खड्काले वेबटिभी खबरसँग भनिन्, ‘यससम्बन्धी ठोस निर्णय आगामी पुस २ गते बस्ने कार्यापालिकाको बैठकले गर्छ ।’

    उनको भनाइमा गाउँपालिकाले इसीडी शिक्षकको मासिक पारिश्रमिक १६ हजार, कार्यालय सहयोगीको १५ हजार र लेखापालको १७ हजार प्रस्ताव गरेको छ । खड्काका अनुसार गाउँपालिकाका सामुदायिक विद्यालयमा ६८ जना इसीडी शिक्षक, ५८ जना विद्यालय कर्मचारी (परिचर) र ७ जना लेखापाल छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij