वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी पाएका विश्वप्रकाश शर्माले कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै शर्माले आफूले नयाँ भूमिका पाएसँगै अब आउने नयाँ व्यक्तिलाई प्रवक्ताको भूमिकाको बढवा दिन आफू प्रवक्ताको जिम्मेवारीबाट अलग हुने बताएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij