Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

शिक्षक सेवा : निमावि तहको फारम भर्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने 

शिक्षक सेवा : निमावि तहको फारम भर्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने 

  • 7.0K
    SHARES
  • शिक्षक सेवा : निमावि तहको फारम भर्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने 

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्‍न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्‍न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ ।

    images

    पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ । परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने आयोगले जनाएको छ ।

    aayog.JPG 

    आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको संख्या थप गर्न माग गरेसँगै केन्द्रले आयोगलाई निमावि तहको रिक्त दरबन्दीको संख्या थप गरेर विवरण पठाएको थियो । सोही अनुसार विज्ञापन खुला गरिएको हो ।

    परीक्षा आवेदनका लागि चाहिने योग्यता 

    १.नेपाली नागरिक ।

    २.शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधनसहित) को नियम १० बमोजिम अयोग्य नभएको ।

    ३.मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम पुरा गरेको । तर,कुनै उम्मेदवारले २०० पूर्णाङ्कको शिक्षा सम्बन्धी विषय लिई माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालिम प्राप्त गरेको मानिने छ ।

    ४.सामाजिक अध्ययन विषयअन्तर्गत अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिकशास्त्र, राजनीतिशास्त्र,दर्शनशास्त्र, नीतिशास्त्र, मनोविज्ञान,मानवशास्त्र, समाजशास्त्र, जनसंख्या शिक्षा, स्वास्थ्य तथा शारिरीक शिक्षा जस्ता विषयहरू पर्नेछन् ।

    ५.गणित, विज्ञान विषयको हकमा गणित र विज्ञान दुबै विषयमा २००/२०० पूर्णाङ्क लिई प्रकरण (ग) बमोजिम योग्यता हुन पुगेको हुनु पर्नेछ ।

    ६.निम्न माध्यामिक तहको स्थायी अध्ययन अनुमतिपत्र प्राप्त गरेको । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology