Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

करिना कपुर र सैफअली खानका छोराको नाम सामान्य ज्ञानमा सोधेपछि.....

करिना कपुर र सैफअली खानका छोराको नाम सामान्य ज्ञानमा सोधेपछि.....

  • 760
    SHARES
  • करिना कपुर र सैफअली खानका छोराको नाम सामान्य ज्ञानमा सोधेपछि.....

    नयाँ दिल्ली । कक्षा ६ को प्रश्नपत्रमा बलिउड कलाकार करिना कपुर र सैफअली खानका छोराको पूरा नाम लेख्न भनिएको प्रश्नप्रति शिक्षा विभागले आपत्ति जनाएको छ । मध्य प्रदेशको खन्डवाको एक निजी स्कूलमा कक्षा ६ को परीक्षाको प्रश्नपत्रमा करिना कपुर र सैफअली खानका छोराको पूरा नाम लेख्न भनिएको थियो ।

    उक्त प्रश्नको विषयलाई लिएर शिक्षा विभागले कारणसहित स्पष्ट जवाफ दिन स्कूललाई पत्र पठाएको छ । तर स्कूलले यस प्रश्नलाई विद्यार्थीको ज्ञान बढाउने प्रश्नको रुपमा हेर्न आग्रह गरेको छ ।  कक्षा ६ को सामान्य ज्ञान विषयको प्रश्नपत्रमा बिहीबार उक्त प्रश्न सोधिएको थियो । यस प्रश्नमा एक स्थानीय अभिभावक र शिक्षक निकायले आपत्ति व्यक्त गरेका हुन् । यसकासाथै अन्य व्यक्तिले पनि सामाजिक सञ्जालमा प्रश्नप्रतिलाई साझा गरेका छन् । 

    जिल्ला शिक्षा अधिकारी संजीव भालेरावले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस विषयबारे स्कूललाई पत्र पठाएको बताएका हुन् । ‘यस विषयमा स्कूलले दिएको कारणसहितको उत्तर पाएपछि उच्च अधिकारिहरुको निर्देशनमा निर्णय गरिनेछ’, भालेराव भन्छन्, ‘विद्यार्थीहरुलाई राष्ट्रहितसम्बन्धित शिक्षा दिनुपर्छ । सामान्यज्ञानमा ऐतिहासिक विषयवस्तुलाई प्राथमिकताकासाथ समेट्न आवश्यक छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij