Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दक्षिण अफ्रिकाको संसदमा आगजनी

दक्षिण अफ्रिकाको संसदमा आगजनी

  • 451
    SHARES
  • दक्षिण अफ्रिकाको संसदमा आगजनी

    एजेन्सी, केप टाउन । दक्षिण अफ्रिकाको संसदमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    आगजनी गरेको आशंकामा अन्दाजी ५० वर्षका एक शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार स्थानीय समयअनुसार बिहान २ बजे त्यहाँको संसद नेसनल एसेम्बलीमा आगो लागेको थियो । 

    शंकास्पद व्यक्ति संसद भवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति बिहानैदेखि संसद भवनमा आवतजावत गरेको एउटा सीसीटिभी फुटेजमा देखिएको सार्वजनिक कार्य तथा पूर्वाधार मन्त्री प्याट्रिका डी लिलेले बताइन् ।  

    आगलागीको कारण अझै खुलेको छैन । आगलागीबारे थप अनुसन्धान भइरहेको लिलेले बताइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij