Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

उखु किसानका माग सम्बाेधन नगरे माइतीघरमा अनसन बस्ने यी सांसद्को चेतावनी

उखु किसानका माग सम्बाेधन नगरे माइतीघरमा अनसन बस्ने यी सांसद्को चेतावनी

  • 519
    SHARES
  • उखु किसानका माग सम्बाेधन नगरे माइतीघरमा अनसन बस्ने यी सांसद्को चेतावनी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् अमनलाल मोदीले उखु किसानको समस्या राज्यले सम्बोधन नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

    लेखा समितिको बैठकमा मंगलबार धारणा राख्दै सांसद् मोदीले किसान मरिरहँदा राज्यले नसुनेको भन्दै आक्रोश पोखे । नेतालाई दिने उपचार खर्च वा अन्य फजुल खर्च कटाएर किसानलाई दिनुपर्ने उनको प्रस्ताव छ ।

    ‘किसानले भुक्तानी नपाउँदा राज्यले किन दिन सक्दैन । ८/१० करोड त दिन सकिन्छ । कुनै न कुनै मोडलबाट दिउँ । पछि उद्योगबाट असुल्ने गरी । नेतालाई उपचार खर्चलगायत फजुल खर्च कटौती गरि राम्रो काम गरिरहेका किसानलाई दिउँ । किसानसँगै मजदुरको कुरा पनि छ । तिनलाई पनि हेरौं’ सांसद् मोदीले भने ।

    अहिले आफूहरू बोल्ने थलो संसद् अवरुद्ध रहेको र राज्यले किसानको समस्या नसुन्ने हो भने आफू माइतीघर मण्डलमा गएर अनसन बस्न बाध्य हुने उनले चेतावनी दिए ।

    ‘संसद् अवरुद्ध छ, राज्यले पनि सुनेन भने माइतीघर मण्डलामा आमरण अनसन बस्छौं । म नै गएर अनसन बस्छु । किसानसँगै हामी अनसन बसेर राज्यलाई घुँडा टेकाउँछौं । त्यसकारण सम्बन्धित निकायले समयमै ध्यान देओस् । बच्चाको लालनपालन र उपचार पढाइ खर्च उखुबाटै निकाल्ने किसान र मजदुरप्रति न्याय गरौं’ उनले भने ।

    उखु किसानको आन्दोलनका क्रममा किसान कृष्णराय यादवको मृत्यु भएको, समितिबाट पनि पटक-पटक कुरा उठाउँदा पनि समस्या समाधान नभएकोमा उनले दु:ख व्यक्त गरे ।

    ‘मन्त्री र प्रधानमन्त्री, सचिव फेरिएपछि विषय नयाँ बन्छ । किसानको समस्या भने उही रहन्छ । उखु किसानले भुक्तानी मात्र होइन किसानले मल, बजार र मूल्य पाउँदैन । उत्पादनबाट पलायन हुने अवस्था छ । यसमा हामीले इनिसियसन लिनुपर्नेछ । काठमाडौंमा केही उत्पादन हुन्न । पिसाब फेर्न पनि पैसा तिर्नपर्छ । किसानले उत्पादन नगरे हामीले के खाने ?’ उनले प्रश्न गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij