Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

साइप्रसमा भेटियो कोभिडको नयाँ भेरियन्ट 'डेल्टाक्रोन' 

साइप्रसमा भेटियो कोभिडको नयाँ भेरियन्ट 'डेल्टाक्रोन' 

  • 650
    SHARES
  • साइप्रसमा भेटियो कोभिडको नयाँ भेरियन्ट 'डेल्टाक्रोन' 

    एजेन्सी, निकोसिअ । साइप्रसमा कोभिडको नयाँ भेरियन्ट फेला परेको छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन् । डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । 

    युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्रमुख लियोडियोसले भने, ‘अहिले साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखिएको छ । ’

    कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएका बिरामीमा नयाँ संक्रमण दर बढ्दो छ । यही ७ जनवरीमा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआइएसएआईडीमा पठाइएको थियो ।

    जीआइएसएआईडी एउटा अन्तर्राष्ट्रिय डाटावेस हो, जसले भाइरसको परिवर्तन पत्ता लगाउँछ । नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij