Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शिक्षकहरूले बुझाए शिक्षामन्त्रीलाई ज्ञापनपत्र, परीक्षामा सहभागी गराउन माग

शिक्षकहरूले बुझाए शिक्षामन्त्रीलाई ज्ञापनपत्र, परीक्षामा सहभागी गराउन माग

  • 3.6K
    SHARES
  • शिक्षकहरूले बुझाए शिक्षामन्त्रीलाई ज्ञापनपत्र, परीक्षामा सहभागी गराउन माग

    काठमाडाैं । छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।

    images

    शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धामा सहभागी गराउन माग गर्दै समितिले ज्ञापनपत्र बुझाएकाे हाे ।

    समितिले पटक-पटक स्थायी प्रक्रियामा लैजान आग्रह गरेको थियो । समितिकी अध्यक्ष अनिता थापालगायतको टोलीले मन्त्री पौडेललाई भेटेर आफूहरूले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न ध्यानाकर्षण गरायो ।

    २०७२ असोज २ गतेसम्म नियुक्त भएका शिक्षक स्थायीको प्रक्रियामा लगेको भए पनि त्यसपछि नियुक्त भएका अस्थायी शिक्षकलाई राज्यले बेवास्ता गरेको संघर्ष समितिको आरोप छ ।

    नयाँ खुला विज्ञापनसँगै छुट अस्थायी करार शिक्षकहरू बेरोजगार हुनुपर्ने अवस्था आएकाे समितिकाे तर्क छ ।

    समितिले २०७२ असोजपछि अस्थायी नियुक्त शिक्षकलाई शिक्षा ऐनमा एकपटकका लागि उमेरको हदबन्दी नलाग्ने गरी आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology