Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भारतमा अस्पतालमा आगो लाग्दा ४ कोरोना संक्रमितको जलेर मृत्यु

भारतमा अस्पतालमा आगो लाग्दा ४ कोरोना संक्रमितको जलेर मृत्यु

  • चैत्र २२, २०७७ आइतवार १७:१८ बजे
  • 755
    SHARES
  • भारतमा अस्पतालमा आगो लाग्दा ४ कोरोना संक्रमितको जलेर मृत्यु

    काठमाडौं । भारतको उज्जैनको फ्रिगन्जको एक निजी अस्पतालको कोभिड वार्डमा आइतबार बिहान ११ बजे आगलागी हुँदा ४ जना कोरोना संक्रमितको जलेर मृत्यु भएको छ ।

    आगलागी भएको समयमा अस्पतालमा ८० जना बिरामी उपचाररत थिए, जसमध्ये २४ जना कोरोना संक्रमित थिए ।

    त्यहाँ रहेका सबै बिरामीलाई अर्को अस्पतालमा सिफ्ट गरिएको छ । पाटीदार हस्पिटल एन्ड रिसर्च सेन्टरमा विद्युत सट भएर आगलागी भएको बताइएको छ । दुई तला रहेको यस अस्पतालमा जिल्ला भरका बिरामी उपचारका लागि आउने गर्छन् ।

    माथिल्लो तलामा आगलागी भएपछि बिरामीलाई झ्याल फुटाएर बाहिर निकालिएको थियो । आगलागीमा परेकामध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । आगलागी भएको आधा घण्टापछि फायर ब्रिगेडका चार वटा दमकलले आगो नियन्त्रणमा लिएको थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij