Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रधानमन्त्रीले एमालेलाई भने- कोरोना नियन्त्रणमा मेरो पार्टी र तेरो पार्टी नभनौं, सबै एक हौं 

प्रधानमन्त्रीले एमालेलाई भने- कोरोना नियन्त्रणमा मेरो पार्टी र तेरो पार्टी नभनौं, सबै एक हौं 

  • 431
    SHARES
  • प्रधानमन्त्रीले एमालेलाई भने- कोरोना नियन्त्रणमा मेरो पार्टी र तेरो पार्टी नभनौं, सबै एक हौं 

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ नियन्त्रका लागि सबै एकजुट हुनेपर्ने बताएका छन् ।

    शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापनपत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोनाकाे तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन् ।

    ‘कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी र मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’

    प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ‘ओमिक्रोन’ भाइरस धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए ।

    प्रधानन्त्रीले आफूले सरकारको नेतृत्व गरेपछि कोभिडविरुद्धको खोप लगाउने संख्या वृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताए ।

    नेकपा एमालेका नेता सुवास नेम्वाङको नेतृत्वको प्रतिनिधिभण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको छ ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij