Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

रेणु यादवलाई पदमुक्त गर्न महामन्त्री शर्माका ३ सुझाव

रेणु यादवलाई पदमुक्त गर्न महामन्त्री शर्माका ३ सुझाव

  • 507
    SHARES
  • रेणु यादवलाई पदमुक्त गर्न महामन्त्री शर्माका ३ सुझाव

    काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न ३ सुझाव दिएका छन् ।

    हिंसा भड्काउने अभिव्यक्ति दिएकाले पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने लगायत अन्य २ सुझाब शर्माले सामाजिक सञ्जाल मार्फत दिएका छन् ।

    शर्माले ट्वीटरमा लेख्छन्, ‘मन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्ति उपचारः ३ विकल्प !’

    १.स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना ।

    २.सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा ।

    ३. पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त (आइसोलेसनबाटै सबै सम्बन्धितको ध्यानाकर्षण) 

    सपरिवारलाई कोरोना संक्रमण भएपछि शर्मा अहिले होमआइसोलेशनमा छन् ।  रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको ज्यान लिने धम्की दिएपछि उनको चर्को आलोचना भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij