काठमाडौं । बूढानीलकण्ठ नगरपालिका (स्थानीय सरकार) ले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) लाई न्युनतम तलब दिने निर्णय गरेको छ ।
नगरपालिकाको शिक्षा शाखा अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार गत मंसिर महिनामा सबै शिक्षक र कर्मचारीलाई न्युनतम तलब दिने निर्णय भएको हो ।
बजेट निकासा नभएका कारण तलब दिन नसकिएको उनले वेबटिभी खबरलाई जानकारी दिए ।
संघीय सरकारले तोकेअनुसार साउनबाट बाँकी सबै तलब दिने गरी निर्णय भएकाले अबको केही समयभित्रै सबैलाई उपलब्ध गराइने उनले बताए ।
नगरपालिकाभित्र १९ जना विद्यालय सहयोगी, १० जना सहायक लेखापाल र १८ जना इसीडी शिक्षक कार्यरत रहेको उनले जानकारी दिए ।
काठमाडौं महानगरले लेखापाललाई १७ हजार र इसीडी शिक्षकलाई १५ हजार तलब दियो काठमाडौंको चन्द्रागिरि नगरपालिकाले दियो इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको तलब
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology