Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

लेखापाललाई २१ हजार तलब इसीडी शिक्षकलाई १५ हजार पाँच सय 

लेखापाललाई २१ हजार तलब इसीडी शिक्षकलाई १५ हजार पाँच सय 

  • 2.7K
    SHARES
  • लेखापाललाई २१ हजार तलब इसीडी शिक्षकलाई १५ हजार पाँच सय 

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (लेखापाल) लाई काठमाडौं जिल्लाको टोखा नगरपालिकाले २०७६ सालदेखि नै न्यूनतम पारिश्रमिक दिँदै आएको छ ।

    images

    नगरपालिकाको शिक्षा शाखा प्रमुख बाबुराम गौतमका अनुसार पालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई २०७६ सालदेखि नै मासिक १४ हजार ५०० रुपैयाँ उपलब्ध गराएको हो ।

    उनले भने, ‘इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले मासिक ६ हजार तोकेको बेला पालिकाले ७ हजार ५०० रुपैयाँ थपेर न्यूनतम तलब उपलब्ध गराएको थियो । हाल संघीय सरकारले ८ हजार दिन्छ । त्यसमा थप गरी हामीले १५ हजार पुर्याएका छौं ।’ 

    उनका अनसार अहिले इसीडी शिक्षक र विद्यालयक कर्मचारीलाई मासिक १५ हजार ५०० रुपैयाँ र सहायक लेखापाललाई मासिक २१ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

    पालिकाभित्र ८ जना सहायक लेखापाल, ८ जना विद्यालय सहयोगी र १३ जना इसीडी शिक्षक कार्यरत रहेको उनले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology