Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

स्थायी शिक्षक : कतिले दिए आवेदन ?

स्थायी शिक्षक : कतिले दिए आवेदन ?

  • 6.0K
    SHARES
  • स्थायी शिक्षक : कतिले दिए आवेदन ?

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा स्थायी शिक्षक पदमा आवेदन माग गरेकोमा दुई लाखभन्दा बढीको आवेदन परेको छ । हालसम्म २ लाख १८ हजार ३८३ जनाले आवेदन भरेका हुन् ।

    images

    माध्यमिक तहका लागि आवेदन फाराम भर्ने म्याद शनिबार सकिएको छ । सो तहका ३६ हजार ५८२ जनाले आवेदन फाराम भरेका छन् । यस पटकबाट अनलाइन माध्यमबाट आवेदन फाराम भर्न पाउने व्यवस्था छ । यसअघि लिइएको माध्यमिक तहको परीक्षामा ६० हजारले आवेदन फाराम भरेका थिए ।

    आयोगका अनुसार आइतबारसम्म प्राथमिक तहमा ९५ हजार ८६ र निम्न माध्यमिक तहमा ८६ हजार ७१५ जनाले आवेदन फाराम भरिसकेका छन् । निम्न माध्यमिकको १५ माघ र प्राथमिक तहको २० माघसम्म आवेदन फाराम बुझाउने अवधि छ ।

    शिक्षक सेवा आयोगले जारी गर्यो यस्तो सूचना, परीक्षा के होला ? शिक्षक सेवा आयोगले जारी गर्यो यस्तो सूचना, परीक्षा के होला ?

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology