Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

महानगरले नै दिदैन इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको तलब

महानगरले नै दिदैन इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको तलब

  • 857
    SHARES
  • महानगरले नै दिदैन इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको तलब

    काठमाडौं । ललितपुर महानगरपालिकाले नै प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर) लाई संघीय सरकारले निर्धारण गरेको न्युनतम तलब उपलब्ध गराएको छैन ।

    images

    महानगर शिक्षा शाख प्रमुख महेन्द्रबहादुर क्षेत्रीले महानगरले विद्यालय कर्मचारी र इसीडी शिक्षकलाई मासिक ४ हजार रुपैयाँ थप गरेर दिएको बताए ।

    उनका अनुसार अहिले महानगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत इसीडी शिक्षक र विद्यालय कर्मचारीले मासिक १२ हजार रुपैयाँ र सहायक लेखापालले मासिक १७ हजार ५०० रुपैयाँ पाइरहेका छन् ।

    महानगरभित्रका विद्यालयमा ७४ जना इसीडी शिक्षक, २५ जना सहायक लेखापाल र ४० जना विद्यालय सहयोगी कार्यरत रहेको शाखा प्रमुख क्षेत्रीले बताए ।

    यी कर्मचारीहरूलाई न्युनतम तलब पुर्याउने विषयमा महानगरको हिउँदे अधिवेशनमा थप छलफल हुने शाखा प्रमुख क्षेत्रीले बताए ।

    न्युनतम तलब पुर्याउन संघीय सरकारले पठाएको पैसामा स्थानीय तहले आवश्यक रकम थप गरेर इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउनुपर्ने भएपनि अधिकांश स्थानीय तहले दिएका छैनन् ।

    संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउने घोषणा गरेको थियो ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology