Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

इसीडी शिक्षकले १५ हजार र लेखापालले १७ हजार तलब पाए

इसीडी शिक्षकले १५ हजार र लेखापालले १७ हजार तलब पाए

  • 758
    SHARES
  • इसीडी शिक्षकले १५ हजार र लेखापालले १७ हजार तलब पाए

    काठमाडौं । ललितपुर जिल्लाको महांकाल गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई संघीय सरकारले निर्धारण गरेको न्युनतम तलब उपलब्ध गराएको छ ।

    images

    गाउँपालिकाको शिक्षा शाखाका अनुसार पालिकाभित्र ३१ जना इसीडी शिक्षक, २३ जना विद्यालय कर्मचरी र ६ जना सहायक लेखापाल गरी जम्मा ६० जना कर्मचारी कार्यरत रहेका छन् ।

    सहायक लेखापाललाई मासिक १७ हजार रूपैयाँ र अन्य शिक्षक कर्मचारीलाई मासिक १५ हजार रूपैयाँका दरले तलब उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

    न्युनतम तलब पुर्याउन संघीय सरकारले पठाएको पैसामा स्थानीय तहले आवश्यक रकम थप गरेर इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउनुपर्ने भएपनि अधिकांश स्थानीय तहले दिएका छैनन् ।

    संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट मार्फत इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउने घोषणा गरेको थियो ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology