Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता शेयर निष्कसन गर्दै

जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता शेयर निष्कसन गर्दै

  • 452
    SHARES
  • जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता शेयर निष्कसन गर्दै

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता  १०० अंकित मूल्यमा ५ करोड २२ लाख मूल्य बराबरको ५ लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुल्ला गर्ने लागेको हो ।

    images

    निष्काशन गरिने साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पूँजीको शुन्य दशमलव ५ प्रतिशत अर्थात् ८ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरि बाँकी रहने ४ लाख ८७ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले यही माघ २१ देखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।

    सर्वसाधारणले माघ २५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र यो अवधिसम्म माग बमोजिम आवेदन नआए आगामी फागुन ६ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

    सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागी आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

    कम्पनीको पूँजीको संरचनामा अधिकृत पूँजी २५ करोड र हालको जारी पूँजी १६ करोड बराबरको तथा तत्कालको चुक्तापूँजी १० करोड ७८ लाख छ । विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको शेयरको बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।

    धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology