Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

मैत्रीपूर्ण खेललाई हलुका लिनु हुँदैनः कप्तान किरण

मैत्रीपूर्ण खेललाई हलुका लिनु हुँदैनः कप्तान किरण

  • माघ १४, २०७८ शुक्रवार १८:४३ बजे
  • 401
    SHARES
  • मैत्रीपूर्ण खेललाई हलुका लिनु हुँदैनः कप्तान किरण

    काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बू (चेम्जोङ)ले मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिन नहुने बताएका छन् ।  खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै ३२ वर्षीय कप्तान किरणले मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिन नहुने र यसबाट धेरै सिक्नुपर्ने प्रतिक्रिया दिए । 

    images

    ‘मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिनु हुँदैन । नतिजा पनि चाहिन्छ । यसबाट हामीले सिक्नु पर्नेछ । हामी तयारी छौं,’ नेपालका सर्वाधिक क्याप जित्ने खेलाडी समेत रहेका किरणले भने । 

    नेपालले भोलि (शनिबार) दशरथ रंगशालामा पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । दोस्रो खेल मंगलबार हुनेछ । दुवै खेल झास पौने ५ बजे सुरुहुनेछ । 

    यसअघि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलका लागि फरक टोली घोषणा गर्दै ३४ खेलाडीनै अवसर दिएका छन् । उनले दुवै टोलीमा १२ खेलाडीलाई मात्रै मौका दिएका छन् । 

    कप्तान किरण भने दुई दिन अघिमात्रै मालदिभ्सबाट टोलीमा जोडिएका थिए । मालदिभ्स क्लब माजिया एससीमा आबद्ध किरणले  दुई दिनको प्रशिक्षण हेर्दा खेलाडी फिट रहेको र लिग खेलिरहेका कारण पनि खेलाडी शारीरिक र मानसिक रूपमा फिट भएको प्रतिक्रिया दिए । 

    ‘दुई दिनको प्रशिक्षण हेर्दा सबै खेलाडी फिट देखेको छु । सबैले लिग खेलिरहेका छन् । त्यसैले सबै शारीरिक र मानसिक रूपमा फिट छन्,’ किरणले भने । 

    यस्तै कप्तान किरणले मौरिसस पहिलो अफ्रिकन प्रतिद्वन्द्वी भएको र जितका लागि खेल्ने बताए । ‘इतिहासमै पहिलो पटक अफ्रिकी टिमसँग खेल्न लागेको छौं । फरक अनुभव हुनेछ । हाम्रो टिम तयार छ । हामी जित्नकै लागि खेल्छौं,’ उनले भने । 

    यता, प्रशिक्षक अब्दुल्लाह भने खेल अघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् । उनको स्थान सहायक प्रशिक्षक किरण श्रेष्ठले लिएका थिए ।  उनले मौसिससँग टोली तयारी रहेको र पुराना गल्ती सुधार गर्दै जितका लागि खेल्ने बताए ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology