Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

स्थानीय निर्वाचनको मिति बारे छलफल गर्न शनिबार सत्ता गठबन्धनको बैठक बस्दै

स्थानीय निर्वाचनको मिति बारे छलफल गर्न शनिबार सत्ता गठबन्धनको बैठक बस्दै

  • माघ १४, २०७८ शुक्रवार २१:३९ बजे
  • 752
    SHARES
  • स्थानीय निर्वाचनको मिति बारे छलफल गर्न शनिबार सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं । सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनको बैठक भोलि (शनिबार) बस्ने भएको छ। शनिबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गठबन्धनको बैठकमा स्थानीय तहको निर्वाचन मितिबारे छलफल हुने बताइएको छ । 

    images

    आगामी वैशाख २२ गते निर्वाचन गर्ने गरी प्रस्ताव गरेकै मितिमा चुनाव गर्न आयोगले पटक पटक दबाब दिइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका हुन्।
    शुक्रबार बिहान प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो।

    गठबन्धनका दलहरुमा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संविधानसँग स्थानीय निर्वाचन ऐन बाझिएकाले संशोधन गरेर मात्रै चुनावी मिति घोषणा गर्न सुझाइरहेका छन्।  यसअघि माघ ९ गते गठबन्धनले कानुनविद्हरुसँग स्थानीय निर्वाचनको विषयमा छलफल गरेका थिए। 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology