Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

हानिकारक चिनी होइन् सखर खाऔं 

हानिकारक चिनी होइन् सखर खाऔं 

  • 1.8K
    SHARES
  • हानिकारक चिनी होइन् सखर खाऔं 

    काठमाडौं । मिठो हुने भएकाले गुलीयो मन पर्नु स्वभाविक हो । खुशीलाई ‘सेलिब्रेट’ गर्न मिठाई खाने परम्परा नै छ । पुजापाठ होस् वा कुनै शुभ कार्य, त्यसमा गुलियो खानेकुराको बाहुल्य भइ हाल्छ । 

    images

    तर, गुलियो खानेकुरा खाँदै गर्दा एउटा कुरा जान्न भने जरुरी छ । गुलियोले जीवनको मिठास त खोस्दै छैन ?  गुलियोका लागि प्रयोग हुने चिनी स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । चिनीलाई चिकित्सा क्षेत्रमा सेतो विषको रुपमा पनि व्याख्या गरिएको पाइन्छ । त्यसको अर्थ चिनीको सेवन स्वास्थ्यका लागि हानिकार हुन्छ भनेर बुझ्नु पर्छ । यसले फाइदाभन्दा धेरै हानी गर्छ । उखुको रसबाट सेतो चिनीको दाना बन्ने क्रममा यो स्वास्थ्यका लागि हानीकारक भइसकेको हुन्छ । 

    चिनीले दिने गुलियोले मानिसको अनुहारमा तत्कालका लागि मुस्कान दिए पनि यसले स्वास्थ्य समस्या पैदा गरेर पछि रुवाउन सक्छ । 

    चिनी–गुलियो विष
    गुलियो रुचाउने र धेरै चिनीको प्रयोग गर्ने आदत छ भने त्यसले तपाईंको स्वास्थ्यलाई भने विस्तारै हानी गरिरहेको हुन्छ । यसले तौल बढाउने, सुगरको रोग निम्त्याउने, उच्च रक्तचाप गराउने, फ्याटी लिवर बढाउने र अनुहारमा छिटै चाउरी ल्याउने काम गर्छ । हरेक दृष्टिकाेणले हानि मात्र गर्ने चिनीको बढी सेवन विष सरह नै हुन्छ ।

    गुलियोको विकल्पमा सखर 
    गुलियो मन पर्नेलाई चटक्क छाड्न कठिन हुन्छ । त्यसका लागि विकल्पहरु प्रयोग गर्न सकिन्छ । 

    गुलियोको सर्वाेत्तम विकल्पका रुपमा सखरलाई लिन सकिन्छ । सखरलाई ठाउँअनुसार अलग नामले चिनिन्छ । सखर उखुको रसबाट बन्छ । उखुको रसलाई आगोमा उमालेर सखर तयार पारिन्छ ।

    सखर स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसले शरीरलाई तागत र स्फूर्ति पनि दिन्छ । थकान भगाउन पनि सखर खाने चलन छ । श्रम गरेपछि थकान भगाउन पानी र सखर खाने चलन थियो । शरीरलाई तातो बनाउने भएकाले जाडोमा सखर खानु अझ राम्रो हुन्छ ।

    आयूर्वेदमा पित्तको विकार हटाउन पनि सखर लाभदायक मानिएको छ । यसले कलेजोलाई पनि बलियो बनाउँछ ।सखरले हेमोग्लोविन बढाउँछ । यो आइरनयुक्त हुने भएकाले रक्त अल्पता भएकालाई निकै फाइदाकारी हुन्छ । चिनीले हानि मात्र गर्छ भने सखरले फाइदा मात्र गर्छ । फाइदा गर्छ भन्दैमा कुनै पनि कुरा बढी खानु भने हानिकार हुनसक्छ ।

     

  • सम्बन्धित विषय:

  • # सखर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology