Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

मीरगञ्ज पुल तत्काल मर्मत गर्न माग

मीरगञ्ज पुल तत्काल मर्मत गर्न माग

  • 952
    SHARES
  • मीरगञ्ज पुल तत्काल  मर्मत गर्न माग

    विराटनगर । विराटनगरका उद्योगी एवं व्यवसायीले जीर्ण अवस्थामा रहेको मीरगञ्ज पुल तत्काल मर्मत गर्न संघीय सरकारसँग माग गरेका छन् । भारतबाट विराटनगर आउने मालबाहक सवारीसाधन आवतजावतमा समस्या परेको जनाउँदै उनीहरुले सरकारसँग सो माग गरेका हुन् ।

    images

    पुलको अवस्था जीर्ण भएपछि सो नाकामा आउने मालबाहक सवारीसाधन सुनसरीको भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गरिरहेकाले सयम र लागत बढी लाग्ने कारण उपभोक्ता महङ्गीको चपेटामा पर्ने भएका कारण व्यापारी र उद्योगीको ध्यान त्यसतर्फ संघीय सरकारको ध्यानकर्षण गएको हो ।

    करिब तीन महिनादेखि बिग्रिएको सो पुलको छेउमा निर्माण भइरहेको पक्की पुल धिमागतिमा निर्माण भइरहेकाले पटक-पटक सो पुलमा समस्या आउने र नेपालका पूर्वी क्षेत्रका उद्योगी एवं व्यापारी समस्यामा पर्ने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए ।

    उनले  विराटनगर नाका जोड्ने भारतको जीर्ण अवस्थाको मीरगञ्ज पुलको स्थलगत निरीक्षण गर्दै सोबाट मोरङ-सुनसरी आर्थिक करिडोरको औद्योगिक–व्यावसायिक क्षेत्रमा सिर्जित समस्याको तत्कालै निराकरणका लागि सम्बन्धित निकायमा पहल गर्नपर्ने बताए ।

    अध्यक्ष रिजालले परराष्ट्र मन्त्रालयसमक्ष सो पुलको स्थायी समाधान नहुञ्जेल भारतको अररिया कुर्साकाँटा-जोगबनी सडकमार्फत ३० टनसम्मका मालबाहक सवारी आवागमनका लागि भारतीय प्रशासनले अनुमति दिनुपर्ने, सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधीन पुललाई तीन दिनभित्र अस्थायीरूपमा सञ्चालनमा ल्याउनुपर्ने र हाल स्थगन भएको मीरगञ्ज पुलको जीर्णोद्वार कार्य तत्कालै सुरु गर्नुपर्ने माग राख्दै सोका लागि भारतीय पक्षलाई तत्कालै पहल गर्न अनुरोध गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology