वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ३२९ जना कोरोना संक्रमितलाई आइसीयू र भेन्टिलेटरमा राखेर देशभरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
आज देशभर २७९ जना कोरोना संक्रमितको आईसीयूमा र ५० को भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार जारी गरेको तथ्यांक अनुसार प्रदेश १ मा २९ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी मधेश प्रदेशमा ५ जना आईसियूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् भने बागमती प्रदेशमा १८८ जना आईसीयूमा र ३८ जना भेन्टिलेटरमा उपचारत छन् । गण्डकी प्रदेशमा १४ जना आईसीयूमा उपचाररत छन् भने लुम्बिनी प्रदेशमा २८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै कर्णाली प्रदेशमा ५ जना आईसीयूमा छन भने सुदूरपश्चिम प्रदेशमा १० जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij